चन्द्रमा नदेखिँदा ईदको सार्वजनिक विदा पनि सोमबारलाई सर्‍यो

Griha mantralaya home ministry 2 jj2kyje6c6

काठमाडौं । मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सोमबार दिने भएको छ । सरकारले यसअघि आइतबार (आज) सार्वजनिक विदा दिने बताएको थियो । त्यसलाई सच्याउँदै जेठ १२ गते सोमबार दिने भएको हो ।

गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर त्यसलाई सच्याइएको जानकारी दिएको छ । अब ईदको सार्वजनिक बिदा सोमबार दिइएको गृह मन्त्रालयको संशोधित सूचनामा उल्लेख छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । तर शनिबार राती चन्द्रमा नदेखिँदा सार्वजनिक पनि एक दिन पछाडी सारिएको छ ।

नेपाल र दक्षिण एसियाभरबाट २०७७ जेठ १० मा चन्द्रमा नदेखिएकाले ईद पर्व २०७७ जेठ १२ गते मनाउने निर्णय भएको र सोही दिन सार्वजनिक विदा कायम गरिएको गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...