शनिबार नेपालमा एकै दिन ७५ जनामा संक्रमण, नेपालमा ५९१ जना पुग्यो संक्रमितको संख्या

Corona test logo

काठमाडौं । शनिबार नेपालमा एकै दिन ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो ३६ जना र बिहान ३२ जनामा संक्रमण पुष्टि भएको थियो । साँझ फेरि थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको हो । रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस