फेरि ३६ जनामा थपियो संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

Corona test

काठमाडौं । कोरोना भाइरसका थप ३६ जना थपिँदा नेपालमा कुल संक्रमितको संख्या ५ सय ८४ जना पुगेको छ । थपिएका संक्रमितहरू बाँकेका २७ जना, बैतडीका ४ जना, बर्दियाका १ जना झापाका १ जना र सुर्खेतका ३ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । उनीहरु तीनै जना सुर्खेतका हुन् । यसअघि दैलेखको आठबीस नगरपालिकाका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्ला संक्रमितमध्ये बाँकेका धेरै छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३, राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो । नरैनापुर कै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पोजेटिभ देखिएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । आरडिटी परीक्षण पोजेटिभ आएपछि उनीहरु सेती अस्पतालमा उपचाररत थिए ।२० वर्षका २ जना, २२ र २७ वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये बैतडीको शिवनाथ गाउँपालिका चार जना पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ । उनीहरु सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आइसोलेसनमा छन् । त्यस्तै झापाका ३३ वर्षीय पुरुष र बर्दियाको बढैयातालका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...