४ दिनपछि खुल्यो धनकुटामा लगाइएको सिल, अस्पताल क्षेत्रमा भने यथावत

Dhankuta hospital

धनकुटा । स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि धनकुटा अस्पताल आसपासमा लगाइएको सिल चार दिनपछि हटाइएको छ ।

गत आइतबार धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबार बिहानबाट जिल्ला अस्पतालसहित सब्जीलाईन, बसपार्क, जिरोपईन्ट, परिचयमोड, यलम्बर चौक, फिल्म हल र त्रिवेणी चौक क्षेत्रभित्र अनिश्चितकालका लागि सिल गरिएको थियो ।

शुक्रबारदेखि अस्पताल आसपासमा गरिएको सिल हटाइएको र अस्पताल क्षेत्रको सिल भने कायमै राखिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकृत जयराम श्रेष्ठले बताए । श्रेष्ठले औषधीलगायत अन्य अत्यावाश्यक सामाग्रीहरुको अति आवश्यक भएकोले धनकुटा जिल्ला अस्पताल परिषरमा मात्रै सिल कायम राखिएको बताए ।

प्रदेशबाट विशेषज्ञ सहितको स्वास्थ्यकर्मीहरुको टोली आएपछि स्वास्थ्यकर्मीहरुको निवासमा मात्र शिल गरेर अस्पतालमा लगाइएको सिल हटाएर नियमित स्वास्थ्य उपचारको व्यवस्था मिलाउने तयारी भइरहेको धनकुटा अस्पतालका प्रमुख सुपरिटेन्डेन्ट डा. पुजन बिश्वकर्माले बताए ।

धनकुटा जिल्लामा धनकुटा अस्पतालका ४ जना स्वास्थ्यकर्मी, दुई जना सुरक्षाकर्मी, एक जना स्वास्थ्यकर्मीको परिवारलाई गरी जम्मा ७ जनामा कोरोना भाईरस पुष्टि भएको छ । उनीहरु विराटनगरको कोशी कोभिड १९ अस्पतालमा उपचार भइरहेको छ ।

थप संक्रमण हुनसक्ने आशंकामा धनकुटा अस्पतालका कर्मचारी, विरामी र विरामी कुरुवा र संक्रमितका परिवारसहित ८४ जनाको स्वाब संकलन गरी परिक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...