श्रीलङ्कामा पैसा बाँड्ने क्रममा तीनजनाको मृत्यु

Srilanka xdcpoqptiz

काठमाडौँ । श्रीलङ्काको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा तीनजनाको मृत्यु भएको छ जबकी आठ जना घाइते भएका छन् । एक व्यापारीले आफ्नो गोदाममा कोरोना भाइरस महामारीका कारण समस्याको सामना गरिरहेकाहरुलाई पैसा बाँडिरहेका थिए । त्यतिबेला त्यहाँ सयौं व्यक्ति जम्मा भएका थिए ।

पुलिसका अनुसार ती व्यापारीले आफ्नो योजनाबारे कुनै जानकारी दिएका थिएनन् र आफू खुसी यस्तो गर्न कसैलाई पनि अनुमती थिएन । पैसा बाँड्ने ६ व्यक्तिलाई पक्राउ गरिएको छ । केही रिपोर्टका अनुसार व्यापारी मुस्लिम हुन् र रमजानको महिनाको समाप्तिका बेला ईदका लागि दान गरिरहेका थिए । श्रीलङ्कामा कोरोनाभाइरसका १ हजार ४५ संक्रमित छन् जबकी हालसम्म ९ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...