चीन र भारतको सीमा दार्चुलाको घाँटी बगर पुग्यो नेपाली सेना

Sena pugyo darchula

काठमाडौं । चीन र भारतको सीमा नाका समेत रहेको दार्चुला जिल्लाको व्यास गाउँपालिकाको घाँटी बगर इलाकामा नेपाली सेनाको एक टुकडी पुगेको छ ।

व्यास गाँउपालिका वडा नं. २ स्थित घाँटीबगर इलाका नजिक थी भन्ने स्थानमा करिव २ मिटर चौडाईको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माण कार्यको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीसहित बिहीबार बिहान नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको हो ।

चीन र भारतको सीमा नाका समेत रहेको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं. १ मा पर्ने छाङरु र टिंकर गाउँका करिब १ सय ८२ घर परिवारका करिब १२ सय जना स्थानीय वासिन्दालाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्न समस्या हुने गरेको छ ।

भीरको बाटो र बारम्बार सो क्षेत्रमा पहिरो पनि जाने भएकाले स्थानीय बासिन्दाले हालसम्म भारत तर्फको बाटो प्रयोग गर्दै आएका छन् । घाँटीबगर र मौरी भीर इलाकामा पर्ने ४ सय ५० मिटर सडकखण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भए बमोजिम सेना सो क्षेत्रमा बाटो बनाउन खटेको हो ।

बाटो निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामाग्रीहरु सहितको टोली भोलि सो क्षेत्रमा पुग्ने योजना रहेको नेपाली सेनाले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले महाकाली करिडोर निर्माणका लागि सेनालाई जिम्मा दिने निर्णय १४ वैशाखमा गरेको थियो । बिहीबार घाँटीबगरको थी भन्ने स्थानमा सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । बाटो निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका लागि थप फौज, उपकरण र सामग्री शुक्रबार तैनाथ गर्ने पनि सेनाले जनाएको छ ।

सडकखण्ड सुचारु भए पश्चात स्थानीय बासिन्दाहरु नेपालकै भूमि प्रयोग गरी आवतजावत गर्न सक्ने नेपाली सेनाले बताएको छ । उपलव्ध साधन स्रोत, जनशक्ति र प्राविधिक विज्ञताको पूर्णतया उपयोग गर्दै यथासम्भव छिटो निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...