बुटवलमा दिइयो एकल महिलाहरुलाई खाद्यन्न सामाग्री

Butwal help 8

काठमाडौं । बुटवलका एकल महिलाहरुलाई खाद्यन्न वितरण गरिएको छ । ईनरह्विल क्लव अफ बुटवल, एकल महिला समूह रूपन्देही र अम्बेडकर सोसियल फाउन्डेसनको संयुक्त पहलमा बुटवलका ५० जना एकल महिलाहरुलाई बिहीबार खाद्यन्न वितरण गरिएको हो ।

खाद्यन्न वितरण कार्यक्रमको बुटवल वडा नं. ६ का वडाध्यक्ष जगदिशप्रसाद आचार्य, संविधानसभा सदस्य विनोद पहाडी, ईनरह्विल क्लबका निवर्तमान अध्यक्ष लक्ष्मी बस्याल, ईनरह्विल क्लबका सम्झना ज्ञवाली, ईनरह्विल क्लबका ईलेक्टेड अध्यक्ष शोभा जोशीले संयुक्त रूपमा वितरण गरे ।

सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिस्ठ उपसभापति गोविन्द खनालले दुःखका बेला एकल महिलाहरूलाई सहयोग गर्ने कार्य पुण्य भएको बताए ।

एकल महिला समूह रूपन्देहीका अध्यक्ष राधिका श्रेष्ठले बुटवल उपमहानगरभित्रका सहायताविहीन एकल महिलाहरूको दुःखमा साथ दिन अभियान चलाएएको बताइन् ।

सो अवसरमा एकल समूह रूपन्देहीका सचिव रिता सेन, बुटवल अध्यक्ष पवित्रा खनाल, बुटवल १३ का अध्यक्ष सीता आचार्य, बुटवल ७ मा अध्यक्ष अंशु क्षेत्री, संगीतकर्मी संघ रूपन्देहीका अध्यक्ष दुर्गा नेपाल, सामाजिक अभियान्ता पदम कार्की, समुन्द्र जिसी, विनोद पोखरेल, तविता विक, सरोज गौतम, अमृत गहतराज लगायतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...