फेरि थपियो ९ जनामा कोरोना संक्रमण, नेपालमा पुग्यो ४५३ जना

Corona update

काठमाडौं । बिहीबार दिउँसो नेपालमा फेरि झापा र रुपन्देहीमा गरी ९ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेका नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले झापा र रुपन्देहीमा गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसमा रुपन्देहीमा २७ वर्षीय पुरुषमामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी झापामा १७ वर्षीय, १८ वर्षीय दुई, २० वर्षीय दुई, २३, ५२ र ५५ वर्षीय पुरुषहरु छन् । मन्त्रालयका अनुसार हाल नेपालमा ४ सय ३५ जना रेड जोनमा छन् । जो संक्रमणको उच्च जोखिममा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...