बिहीबार ७ बजेर १० मिनेटमा तेस्रो संक्रमित कुँवरको मृत्यु, सेनाले शव व्यवस्थापन गर्ने

Cimson hospital

बुटवल बुधबार नै मृत्यु भएका भनिएका गल्मीका कोरोना संक्रमित प्रधानाध्यापकको बिहीबार ७ बजेर १० मिनेटमा मृत्यु भएको छ ।

गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका ओमबहादुर कुँवरको बिहीबार मृत्यु भएको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले पुष्टि गरेको छ ।

उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । प्रदेश ५ मै दुई जनाको मृत्यु भएको छ ।

संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । कोरोना संक्रमणपछि क्रिमसन अस्पताल, अर्घाखाचीको छाया पोलिक्लिनिक शील गरिएका छन् ।

गुल्मीमा कोरोना पोजटिभमा कसरी संक्रमण भयो भन्ने अझै खुलेको छैन् । जण्डिस, रुघा र ज्वरो आएपछि उनी स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि पुगेका थिए । त्यहाँ निको नभएपछि उनी अर्घाखाचीको छाया पोलिक्लिनिकमा आएका थिए । त्यसपछि मात्रै उनी बुटवल आएका थिए ।

विरामीको भेन्टिलेटरमा उपचार भइरहेको थियो । जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो। जेठ ५ गते मात्रै उनका कोरोना पोजेटिभ देखिएको हो । भैरहवास्थित प्रयोगशालाले स्वाव परीक्षण गरेको थियो ।

उनको सम्पर्कमा आएका चिकित्सकसहित ३८ जनाको स्वांब संकलन गरेर कोरोना परीक्षण गरिँदैछ । उनको अन्य व्यक्तिसंगको सम्पर्कको विषयमा अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...