उपत्यकामा भुकम्पको धक्का, भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प

Earthquake

काठमाडौं । एका बिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर १६ मिनेटमा भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टरस्केलको भूकम्पको धक्का महसुस भएको हो । भक्तपुरसँगै काठमाडौंलगायत आसपासका जिल्लाहरुमा धक्का महसुस भएको थियो ।

२०७२ सालको विनाशकारी भूकम्पको धक्का जान अहिलेसम्म छाडेको छैन् । यो भूकम्प पनि नयाँ नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको बताइएको छ ।

यता, बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दार्चुलाको उकु आसपास भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले चार रेक्टरभन्दा साना भूकम्पलाई रेकर्डमा राख्ने गरेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...