प्रभु लाइफ इन्स्योरेन्सले प्रदेशस्तरमा २ सयभन्दा धेरै कर्मचारी माग्यो

प्रभु लाइफ इन्स्योरेन्सले प्रदेशस्तरमा २ सयभन्दा धेरै कर्मचारी माग्यो

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्रदेशस्तरमा दुईसय भन्दा धेरै कर्मचारी माग गरेको छ । प्रभु बैंकले आफ्नो जीवन बीमा व्यवसाय देशव्यापी बनाउन प्रदेश स्तरीय शाखा कार्यालयका लागि दुईसय २२ जना भन्दा धेरै कर्मचारी माग गरेको छ । कम्पनीले हरेक शाखा कार्यलयको लागि ब्रान्च म्यानेजर, सब ब्रान्च इन्चार्ज, बैंकास्योरेन्स र अप्रेसन इन्चार्जका लागि विज्ञापन आह्वान गरेको हो ।

कम्पनीले नयाँ ७४ वटा शाखा कार्यालयका लागि कर्मचारी मागेको हो । हरेक शाखामा एक जना ब्रान्च म्यानेजर, र दुई जनाको दरले इन्चार्ज नियुक्त गर्दा पनि कम्तिमा दुई सय २२ जना कर्मचारी नियुक्त गर्ने छ । कम्पनीले जीवन बीमा व्यवसायलाई देशव्यापी बनाउन नयाँ शाखा कार्यालय खोल्न लागेको जनाएको छ।

ब्रान्च म्यानेजर पदका लागि कम्तिमा पनि स्नातकोत्तर गरी न्युनतम दुई वर्षको कार्यानुभव हुनु पर्नेछ। इच्छुक आवेदकले साउन १५ गतेसम्ममा अनलाइन आवेदन दिन सक्ने छन् । कम्पनीले स्थानीय आवेदकलाई प्राथमिकता दिने जनाएको छ ।

कम्पनीले प्रदेश एकको विर्तामोड, खाँदबारी, कटारी, भोजपुर,  दिक्तेल, तेह्रथुम, सोलुखुम्बु, ताप्लेजुङ शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । त्यस्तै दुई नम्बर प्रदेशको विरगञ्ज, कलैया, लहान, जनकपुर, सिमरा, बर्दिबास, सुवर्नपुर, सिम्रौनगढ, चन्द्रपुर, गौर, बर्थहवा, मलङ्गवा,  सिरहा र कञ्चनपुर शाखामा कर्मचारी माग गरिएको छ ।

तीन नम्बर प्रदेशको काठमाडौं उपत्यका, चरिकोट, रामेछाप, बाह्रविसे, धार्के, फर्पिङ र बनेपाको लागि कर्मचारी माग गरिएको छ । त्यस्तै चार नम्बर प्रदेशको पोखरा, लेखनाथ, बाग्लुङ, गोर्खा, बेनी, गल्कोट, वालिङ, कुस्मा, जोमसोम, खैरेनी शाखामा नयाँ कर्मचारी नियुक्त गर्ने भएको हो।

पाँच नम्बर प्रदेशको बुटवल, नेपालगञ्ज, कपिलबस्तु, भैरहवा, लमही, कोहलपुर, रोल्पा, सन्धिखर्क, तम्घास, रामपुर, भुरीगाऊँ, जितपुर, रुकुमकोट, भुमही शाखामा कर्मचारी माग गरिएको हो ।

६ नम्बर प्रदेशका लागि सुर्खेत, कालिकोट, मेलकुन, दैलेख, सल्यान, बेवियाचौर सुर्खेत, चौरझारी, जुमलामा शाख खोल्न लागेको हो । र सात नम्बर प्रदेशका लागि धनगढी, टिकापुर, डोटी, विरगञ्ज, बाजुरा, अत्तरिया, साँफेवगर, बैतडीको पाटन, जोगबुढा र सुख्खडका लागि कर्मचारी माग गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...