सांसद राईले धनकुटा पठाए साँढे ६ लाखको औषधि

Rajnedra rai ausadhi bitaran

काठमाडौं । धनकुटामा केही दिनदेखि लगातार कोरोना संक्रमण भेटिन थालेपछि त्रास फैलिएको छ । हालसम्म धनकुटामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । धनकुटामा ७ जनामा कोरोना संक्रमण भेटिएसँगै धनकुटामा कडाई गर्न थालिएको छ ।

धनकुटामा कोरोना संक्रमण बढ्दै गएपछि धनकुटाका प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले आज साँढे ६ लाख रुपैयाँ बराबारको औषधि पठाएका छन् । संक्रमतको संख्या बढेपछि धनकुटामा स्वास्थ्य सामाग्रीको अभाव भएको छ ।

सो अभावलाई टार्न सांसद राईले आज भिटिएम (प्याकिङ मेटेरियलसहित) ५ सय थान, गान ५० थान, फेस सिल्ड १० पिस, सर्जिकल माक्स २ हजार थान, एन ९५ माक्स १ सय थान, सर्जिकल क्याप ५० थान धनकुटा पठाएका छन् ।

उनले जिल्लामा स्वास्थ्य उपचारमा सजिलो होस् भनेर पञ्जा २ सय जोर, सेफ्टी चस्मा ४० थान, सु–कभर ५० जोर र डिजिटल थर्माेमिटर १० थान जिल्ला पठाएका छन् । आफुले जिल्लाबाट माग भएअनुसार सबै औषधि पठाइएको बताए ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मि र सुरक्षाकर्मीलाई नै कोरोना संक्रमण भटिएपछि धनकुटा अस्पताल पुग्ने जतिले पिसीआर टेष्ट गराउन आग्रह गरिरहेका छन् ।

सांसद राईले सम्भावित व्यक्ति र काठमाडौंबाट धनकुटा गएका सबैलाई पिसीआर प्रविधीबाट कोरोना संक्रमण टेष्टको तयारी भइरहेको बताए । उनले केही दिनभित्रै सबैको जाँच गरिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...