भोकमरीसँग हार्दा मलराले गुमाए ज्यान (भिडियोसहित)

Saptari news 7

सप्तरी । गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण सप्तरीमा भोकमरी लागेको छ । भोकमरीकै कारण सप्तरीको कञ्चनरुप–५ मा खान नपाएर मलरा सदाको मृत्यु भएको छ ।

केही दिनअघि मात्रै प्रधानामन्त्री केपी शर्मा ओलीले संसदमा गरिवीका कारण कुनै पनि नेपाली ‘कोही भोकै पर्दैन,कोही भोकले मर्दैन’ भनेका थिए । तर, सप्तरीमा एक व्यक्ति खानै नपाएर मृत्यु भएको छ । यतिसम्मकी उनको दाहसंस्कार गर्न पनि चन्दा उठाएर गरिएको छ ।

स्थानीय अगुवा विश्वनाथ सदाका अनुसार लकडाउन सुरु भएपछि सोमबार एक दिन गाउँकै किसानको खेतमा काम गर्न गएका थिए । धेरैदिन दिनदेखि मलरा सदाले खान पाएका थिएनन् । खान नपाएकै कारण उनको मृत्यु भएको हो ।

स्थानीयहरुले चन्दा संकलन गरेर कात्रो खरिद गरी मृतक सदाको दाहसंस्कार गरेको स्थानीय अगुवा सदाले बताए ।

Video

प्रतिकृया दिनुहोस