थप २५ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४२७

10rwmzi4mgskcpy3hm9t

काठमाडौँ । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आफ्नो नियमित पत्रकार सम्मेलनमा थप २५ जनामा कोरोना संक्रमण देखिएको बताएको हो ।

जसअनुसार बाँकेको ६, धनकुटामा ५, कपिलबस्तुमा १३, नवलपरासी पश्चिममा १ जना संक्रमित छन् । योसँगै कुल संक्रमितको संख्या ४२७ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
संक्रमितमध्ये ७ महिला र १८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । बाँकेको नरैनापुर ५ का १७, २०, २८, ३० र ४० वर्षका र २७ वर्षयी पुरुष खजुरा ५ का रहेका छन् ।
डा. देवकोटाका अनुसार ७ जना महिला र १८ जना पुरुष रहेका छन् । पुष्टि भएकामध्ये बाँकेमा ६ जना पुरुषहरु रहेका छन् । उनीहरु नरैनापुरका क्रमश १७, २०, २८, ३०, ४० वर्षका र खजुराका २७ वर्षीया पुरुष रहेका छन् । यस्तै धनकुटामा पाँच जना नयाँ संक्रमित रहेका छन् । उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र एकजना २४ वर्षीया महिला रहेका छन् ।

कपिलवस्तुमा १३ जना थप संक्रमित छन् । जसमध्ये ३ जना २२, ३५ र ४८ वर्षीय पुरुषहरु विजयनगरको क्वारेन्टाइमा रहेका छन् भने महाराजगंज गाउँपालिकामा ३ ,४ र ५ वर्षीया बालिका, १६ वर्षीया युवती र २५ र ३२ वर्षीया महिला रहेका छन् । १२ वर्षीया बालक, २०, २४ र ३४ वर्षीया पुरुष रहेका छन् । नवलपरासीका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समयका सातै प्रदेशमा कोरोना फैलिएको छ । यसअघि कर्णाली प्रदेश बाहेकका प्रदेशमा कोरोना संक्रमणको पुष्टि भइसकेको थियो । सोमबार दैलेखको आठविस नगरपालिका – १ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएपछि सबै प्रदेशमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका विभिन्न अस्पतालको आइसोलेसनमा कुल ३८० जना रहेको जनाएको छ । बुधबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयले सम्भावित, शंस्कापद बिरामी र संक्रमितलाई आईसोलेसनमा राखिएको जानकारी गराएको थियो । मन्त्रालयका अनुसार हालसम्म २३ हजार २ सय २ जना क्वारेन्टाईनमा छन् ।

नेपालमा पीसीआर विधिबाट हालसम्म ३५ हजार ४ सय ९४ जनाको परीक्षण गरिएको छ । आरडीटी विधिबाट ७५ हजार ०७२ जनाको परीक्षण गरिएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणमा ३५ हजार ६७ जनामा कोरोना नदेखिएको मन्त्रालयले जनाएको छ । हालसम्म २ जनाको मृत्यु भएको र ४५ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...