सरकारद्वारा लिम्पियाधुरा–लिपुलेकसहितको नयाँ नक्सा सार्वजनिक

2020 05 20 nnnnn 1236734236

काठमाडौं । सरकारले सोमबार मन्त्रिपरिषद् बैठकले पारित, स्वीकृत गरेको लम्पियाधुरा–लिपलेकसहितको नयाँ नक्सा सार्वजनिक गरेको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रालयमा नक्साको सार्वजनिकीकरण गरेकी हुन् ।  नेपालका अन्तर्राष्ट्रिय सीमा नाका र स्थानीय तहलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएको हो ।

यसअघि प्रकाशन–चलन चल्तीमा ल्याइएको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपलेक, कालापानीसहितका भू–भाग छुटेका थिए । सरकारले ती सबै भू–भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो ।

भारतले सन् १८१६ को सुगौली सन्धिले नेपालकै भूभाग भनी किटान गरेको भूमि हुँदै मानसरोबर जाने बाटाको ट्र्याक खोलेपछि नेपाल जवाफ दिन बाध्य भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...