कोरोना संक्रमित बढेपछि धनकुटामा थप कडाई, बिहान ९ बजेसम्म पसल खोल्न दिइने

Kagate dhankuta

धनकुटा । धनकुटामा ७ जनामा कोरोना संक्रमण भेटिएसँगै धनकुटाका कडाई गर्न थालिएको छ । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

आज दिउँसो बसेको संकट व्यवस्थापन समितिको बैठकले सवारी साधनलाई पनि टाईम कार्डअनुसार चलाउने र अत्यावश्यक पसल विहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न दिइने धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकृत जयराम श्रेष्ठले बताए ।

धनकुटा अस्पतालमा कार्यरत ३४ बर्षीया महिला स्वास्थ्यकर्मीमा आइतबार कोरोना संक्रमण भेटिएपछि सोमबारबाट धनकुटा अस्पताललाई चार किल्ला बाधेर सिल गरिएको छ । जिल्ला अस्पताल सिल भएपछि बिरामीको उपचार प्रभावित भएको छ ।

अस्पताल नै सि भएपछि विरामीहरुको उपचारमा बाधा नपार्न धनकुटा–६ स्थित सल्लेरीमा रहेको आँखा अस्पताललाई प्राथमिक उपचार केन्द्र तोकेर बिरामीको उपचार गरिने भएको छ । धनकुटा अस्पतालको बिकल्पमा अस्थायी रुपमा आँखा अस्पतालबाट प्राथमिक उपचार सेवा प्रदान गर्ने बैठकले निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...