कोरोना संक्रमित गुल्मीका प्रधानाध्यापकको स्वास्थ्य अझै स्थिर

Cimson hospital

बुटवल । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितको स्वास्थ्य अवस्था अझैं स्थिर रहेको अस्पताल जनाएको छ ।

उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ । यसअघि विभिन्न सञ्चार माध्यममा कोरोना संक्रमितको मृत्यु भएको भनी समाचार प्रकाशन भएका थिए ।

अस्पतालले ‘केही सामाजिक सञ्जाल तथा मिडियामा निज बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न सबैमा हार्दिक अपिल गर्दर्छौँ’ भनेको छ ।

एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या भएपछि यही जेठ १ गते क्रिम्सन अस्पताल आएका उनलाई आकस्मिक विभागमा कार्यरत मेडिकल अफिसरलगायत स्वास्थ्यकर्मीको टोलीले उपचार शुरु गरेको हो ।

यो समाचार हाम्रो अनलाइनबाट पनि प्रकाशित भएकोले पाठकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछौँ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...