संक्रमण देखिँदा नआत्तिन र सावधानी अपनाउन सांसद लिङ्देनले गरे यस्तो अपिल

Rajendra lindeb

झापा । सांसद राजेन्द्र लिङदेनले आफ्ना सबैलाई नआत्तिन र सावधानी अपनाउन अपिल गरेका छन् । झापाको कचनकवलमा कोरोना संक्रमित भेटिएको छ । सोसँगै स्थानीय जनता त्रसित बनेपछि सांसद लिङदेनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई नआत्तिन र संयमित हुन आग्रह गरेका हुन् ।

नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित देखिने बित्तिकै आफ्नो निर्वाचन क्षेत्रमा खटिएका सांसद लिङ्देन टोलटोलमा पुगेर अपनाउनुपर्ने सुरक्षा सम्बन्धमा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, सुरक्षाकर्मी, स्थानीय संघ संस्था र आम मतदातासँग छलफल गरिरहेका छन् । सो क्रममा उनले सतर्क रहन पनि आग्रह गरेका छन् ।

भारतसँगको सीमावर्ती गाउँ बाह्रदशीमामा भारतबाट आएका स्थानीयमा पहिलो संक्रमण देखिएपछि कचनकवलमा समेत उच्च सतर्कता अपनाइएको थियो । भारतबाट आएका स्थानीयमा संक्रमण भेटिएपछि उनले आम मतदातालाई नआत्तिन र सावधानी अपनाउन अपिल गरेका छन् ।

यस्तो छ उनको अपिल
ज्यालामजदुरीका सन्दर्भमा भारतका विभिन्न स्थानमा रहेका दाजुभाइहरूलाई आफू कार्यरत स्थलमा खान बस्न समेत गाह्रो भएपछि जोखिम मोलेर आफ्नो देश फर्किनुको कुनै विकल्प थिएन ।

अचानक भित्रिने ठूलो संख्यासंगै ठूलै संख्यामा संक्रमितहरु पनि देखिएका छन। अझै पनि भारतबाट दाजुभाइहरु आउने क्रम जारी छ र संक्रमितहरुको संख्या बढन पनि सक्छ । यसबाट आतंकित हुनेभन्दा पनि संक्रमण समाजमा फैलन नदिन निम्न कुराहरूमा ध्यान पुर्याउन हार्दिक अपिल गर्दछु ।

● भारतबाट आउने कुनै पनि दाजुभाइलाई परिवार र समाजमा घुलमिल हुन नदिई सोझै क्वारेन्टाइनमा पठाउने ।
● हुलमा कोरोना खोज्दै गएन र घरमै बसियो भने यो हावाबाट सर्दैन र घर घरमा खोज्दै आउदैन ।
● यो संक्रमणबाट बच्ने भनेकै अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने हो ।
● समाजमा भ्रम र आतंक सिर्जना गर्ने कुनै काम नगर्ने ।
● यो कुनै जात,धर्म,पार्टी र देशको मात्र होइन समग्र मानवजाति माथिको समस्या हो भन्ने बुझ्ने ।
● सरकारको निर्णयको पूर्ण पालन गरौं । आफू,परिवार,समाज र सिंगो मानवजाति विरूद्धको यो युद्धमा धैर्य,आत्मसंयम र अनुशासनका माध्यमबाट कम भन्दा कम क्षतिमा विजय हासिल गरौं । 
नभुलौं यो मात्रै एउटा यस्तो लडाई जो घरमै बसेर मात्र जितिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...