अम्फान चक्रवातको अप्रत्यक्ष प्रभावः देशका धेरैजसो ठाउँमा मेघगर्जनसहित वर्षा

Weather mausam wgsx9sozh7 4iabpvoy42 780x464

काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभावसँगै अम्फान चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको छ ।

चक्रवातको अप्रत्यक्ष प्रभावले मौसम बदलीसँगै पूर्वी भू–भागका   धेरै स्थानहरु, मध्य भू–भागका  केही  स्थानहरुमा  र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसोपख चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन, वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने उनले बताइनु । आज बेलुकीपख चक्रवातको प्रभाव बढि पर्ने र रातिबाट प्रभाव कम हुँदै भोलि बिहीबार दिउँसोबाट मौसममा सुधार आउन थाल्ने मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।

चक्रवातको प्रभाव ३–४ दिन रहने भएकोले अबका केही दिन मौसम केहीबेर खुले पनि बादल तथा सामान्य वर्षा पनि हुने महाशाखाले जनाएको छ । अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले मेघगर्जन, चट्याङ र हावाहुरी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...