उपत्यकामा थप क्वारेन्टाइन जरुरी

5ec47490ebfae sena sehlssrgo1

कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा थप क्वारेन्टाइन आवश्यक पर्ने भएको छ । काठमाडौँ उपत्यकाका १८ वटा स्थानीय तहमा यसअघि नै विदेशबाट फर्केका नागरिकलाई लक्षित गरी निर्माण गरिएको क्वारेन्टाइनको स्तरोन्नतिसमेत गर्नुपर्ने देखिएको छ ।

यसअघि नै कतिपय स्थानीय तहले क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि आवश्यक सङ्ख्यामा क्वारेन्टाइन बनाएका छैनन् । कुनै पनि समय उपत्यकामा कोरोना भाइरस रोगका सङ्क्रमित आकस्मिक रूपमा बढ्न सक्ने र ती व्यक्तिलाई राख्न क्वारेन्टाइन निर्माण अत्यावश्यक छ ।

उपत्यकाका नागरिकले सजगता अपनाएकाले काठमाडौँमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढ्न भने सकेको छैन । यद्यपि परीक्षणको दायरा फराकिलो पार्ने क्रमसँगै थप सङ्क्रमित देखिन सक्नेछन् ।

काठमाडौँ, ललितपुर र भक्तपुर सङ्कट व्यवस्थापन केन्द्र अर्थात् क्राइसिस म्यानेजमेन्ट सेन्टर सीएमसीका अनुसार अहिले स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइन व्यवस्थित नभएकाले त्यसको व्यवस्थापन अत्यावश्यक छ ।

जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख एवं सीएमसी काठमाडौँका सल्लाहकार शिवसुन्दर राजवैद्यले उपत्यकामा पालिकाले सीएमसीलाई जानकारी दिनका लागि मात्र निश्चित सङ्ख्यामा क्वारेन्टाइन निर्माण गरेको बताए ।

“काठमाडौँका ११ वटै स्थानीय तहसँग क्वारेन्टाइन निर्माण गर्ने ठाउँ छ तर क्वारेन्टाइन निर्माणको व्यवस्था गरिएको छैन”, उनले भने, “क्वारेन्टाइन भए पनि पूर्ण तयारी अवस्थामा भने छैनन् । ” कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा क्वारेन्टाइनलाई अग्रिम रूपमा व्यवस्थापन गर्न सकिएन भने उपत्यकामा पनि अवस्था भयावह हुन सक्नेप्रति वैद्यले चिन्ता व्यक्त गरे । यस विषयलाई आफूले पटक पटक सीएमसीको बैठकमा उठाउने गरे पनि कार्यान्वयनमा नआएकाले अब गम्भीर बन्नुपर्ने अवस्था आएको उनले स्पष्ट गरे । यो खबर आजकाेि गोरखापत्र दैनिकमा प्रकाशित गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...