काठमाडौं महानगरपालिकाले सरकारलाई भन्योः उपत्यका प्रवेश गर्ने नाकाहरू सिल गरौँ

12725873f3a5e256c88397bc87965546 w1000 h500 cp

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यका प्रवेश गर्ने नाकाहरू सिलबन्दी गर्न सरकारसँग आग्रह गरेको छ महानगरपालिकाको ४६औँ विशेष नगर कार्यपालिका बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका बन्द गर्न संघीय सरकारसँग माग गरेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जारी गरेको विज्ञप्तिमा ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको अवधिमा उपत्यका प्रवेश गर्ने नाकाबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोगको गुनासो गर्दै यस्तो निर्णय गरिएको’ उल्लेख छ ।

कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेख्ने निर्णय महानगरपालिकाले गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...