नेकपाका दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठन र पार्टीभित्रको भागबन्डा सँगसँगै गर्ने तयारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकीकरण र सरकार पुनर्गठन प्याकेजमै गर्नेगरी छलफलमा जुटेका छन् ।

लामो समयदेखि आन्तरिक छलफलमा रहेका दुई अध्यक्षले मन्त्रिपरिषद् पुनर्गठन र पार्टीका नेताहरूको कार्यविभाजन एकै पटक सक्नेगरी तयारी गरेको नेकपा स्रोतले बताएको छ । दुई एजेन्डामा दुई अध्यक्षबीच सहमति भएपछि मात्रै सचिवालय बैठक बोलाउने तयारी छ,’ एक सचिवालय भने ।

मन्त्रिपरिषद् स्रोतका अनुसार  असार २६ र २७ गते बसेको सरकारको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको स्पष्ट संकेत दिइसकेका छन् । कतिपय साथीहरूको अघिल्लो वर्षको कार्यकाल त्यति सुखद रहेन, मन्त्रालयको आगामी योजना नयाँ आउने साथीहरूले नै बनाउनुहोला,’ बैठकमा प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

तर प्रधानमन्त्रीले कुन(कुन मन्त्रालयमा नयाँ मन्त्री ल्याउन खोजेका हुन् भन्नेचाहिँ प्रष्ट भइसकेको छैन । यस्तै पार्टीमा पनि विभिन्न विभाग प्रमुख, जिल्लाका इन्चार्ज सहइन्चार्ज र जनवर्गीय संगठनको इन्चार्ज सहइन्चार्जलगायत जिम्मेवारी पनि प्याकेजमै टुंग्याउने तयारी दुई अध्यक्षले गरेका छन् ।

नेकपा सचिवालयभित्र भएको मोटामोटी सहमतिअनुसार पार्टीका मुख्य विभाग सचिवालयका सदस्यहरूले नै राख्नेछन् । विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल र प्रचार विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठको नाममा मौखिक सहमति जुटेको भए पनि संगठन, स्कुल र आर्थिक विभागमा कसलाई राख्ने भन्नेमा सहमति भइसकेको छैन ।

संगठन विभागमा वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मध्ये कसलाई जिम्मेवारी दिने भन्नेमा दुई अध्यक्षबीच रस्साकस्सी छ । उसो त बादलले सामान्यत संगठनको जिम्मेवारी पार्टी महासचिवको हुने भन्दै त्यसमा महासचिवलाई नै राख्नुपर्ने र आफ्नो इच्छा नभएको जवाफ दुई अध्यक्षलाई फर्काएको नेकपा स्रोतले बताएको छ भनेर सेतोपाटीमा यो समाचार प्रकाशित भएको छ ।

‘तर महासचिव विष्णु पौडेल भने आर्थिक विभागको जिम्मेवारी लिन चाहनुहुन्छ’ उनी निकट एक केन्द्रीय सदस्यले सेतोपाटीलाई भने । यस्तै पूर्वएमालेमा पार्टी अध्यक्षले आफैंले राखेको स्कुल विभागको सचिवालय सदस्य ईश्वर पोखरेलले स्कुल विभागको जिम्मेवारी लिन चाहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लोक सेवा आयोगको अत्यन्त जरुरी सुचना (सूचनासहित)

Loksewa aayog 1

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सूचनाहरू निकालेको छ । विभिन्न तहमा सामुहिक परिक्षण तथा अन्तर्व...