आप्रावासीप्रति फष्ट डिष्ट्रिकका पेट्रिकको चिन्ता, नेपालका तर्फबाट मोक्तान सहभागी

Bimal moktan 6

पेन्सलभेनिया (अमेरिका) । अमेरिकाको पेन्सलभेनिया फष्ट डिष्ट्रिकका कंग्रेस म्यान ब्राइन फ्रि पेट्रिकले पेन्सलभेनियामा रहेका आप्रावासीहरुको चिन्ता व्यक्त गरेका छन् ।

गत दुई महिनादेखि यहाँका मानिसहरु घरमै बसिरहेका छन् । घरमै बसिरहेका कारण आप्रावासीहरु समस्यामा परेको भन्दै फष्ट डिष्ट्रिकका पेट्रिकले पेन्सलभेनियामा बस्ने आप्रावासीको समस्या र व्यापारको अवस्थाबारे चासो राखेका हुन् ।

उनले नेपालसहित ४० देशका आप्रावासीहरुका नेतृत्वसँग छलफल गर्दै आफ्नो ठाउँमा रहेका आप्रावासीका समस्या समाधान गर्न र व्यापारी व्यवसायीहरुले कोरोनाका कारण भोग्दै आएका समस्याका कारण परेको असर समाधान गर्न आफु तयार रहेको प्रतिवद्धता पनि जनाएका छन् ।

सोमबार भएको भर्चुअल मिटिङमा नेपालीका तर्फबाट नेपाली गुठीका अध्यक्ष विमल मोक्तान सहभागी भएका थिए । सो बैठकमा फष्ट डिष्ट्रिकका कंग्रेसमेन ब्राइन फ्रि पेट्रिकले आप्रावासीका समस्याप्रति आफु निक्कै गम्भीर रहेको बताए ।

अध्यक्ष मोक्तानका अनुसार पेट्रिकले पेन्सलभेनियामा रहेका आप्रावासीहरुलाई राहत वितरण र व्यवसायीहरुले भोगेका समस्या समाधानका विषयमा १ घण्टासम्म छलफल भएको थियो । पेट्रिकको भनाई उद्धत गर्दै मोक्तानले भने, ‘उहाँले सबै आप्रावासीलाई समान आँखाले हेरेको र आगामी दिनमा राहत वितरणमा सक्दो सहयोग गर्ने बताउनु भएको छ ।’

सो छलफलमा सहभागीहरुले कोरोनाका कारण कुनै पनि आप्रावासीलाई भदभाव नगर्न आग्रह गरेका थिए । सो बैठकमा आप्रावासीप्रति सरकारले गरेको व्यवहार सह्रानीय रहेकाले आप्रावासीका पछिल्लो समाधान गर्न सहभागीहरुले आग्रह गरेको उनले बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पसँग नजिक मानिने कंग्रेस म्यानको कामप्रति आप्रावासीहरु आफ्ना समस्या समाधान हुनेमा आशावादी देखिएका छन् । 

सो बैठकमा नेपाली डाक्टर वर्षा मोक्तानले मोडियटरको भुमिका निर्वाह गरेकी थिइन् ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...