सांसद रोकाले दिइन् आफ्ना जिल्लावासीलाई राहत

Kamala rokka

काठमाडौं । रुकुम पूर्वबाट निर्वाचित नेकपाकी सांसद कमला रोकाले काठमाडौंमा रहेका आफ्ना जिल्लाका बासिन्दालाई राहत प्रदान गरेकी छन् ।

सांसद रोकाले गोलढुंगाका ६० परिवार, कीर्तिपुरका ५१ परिवारका साथै रानीवनका केही परिवारलाई राहत सहयोग उपलव्ध गराएकी छन् । लकडाउनका कारण नागरिकको दैनिकी समस्यामा पर्दै गएकाले आफूले सक्दो सहयोग गरेको बताइन् ।

उनले ४० थान पीपीई सेट, १४ थान थर्मलगन, सेनिटाइजर, झण्डै ७ हजार मास्कसमेत जिल्लामा उपलव्ध गराएकी छन् । उनले जिल्लाका स्थानीय तहसँग अन्तरक्रिया र छलफल गरेकी थिइन् ।

जिल्लावासीले आफूहरु समस्यामा परेको जानकारी दिएपछि उनले अभियान चालेकी थिइन् । फेसबुकमा आफूलार्ई अप्ठेरो परेको उल्लेख गरेपछि आफ्नो कर्तव्य पूरा गर्ने प्रयास गरेको उनले जनाइन् । लकडाउनका कारण समस्यामा परेका जिल्लावासीलाई स्थानीय तहसँगको समन्वयमा उनले गाउँ पठाउन पहल समेत गरेकी थिइन् ।

नेकपाको केन्द्रीय सदस्यसमेत रहेकी पूर्वमन्त्री रोकाले जिल्लाबाट काठमाडौं आई श्रम गर्दै गरेका मजदुर, सर्वसाधारण तथा विद्यार्थीहरुलाई राहत स्वरुप चामल वितरण गरेकी हुन् । उनले परिवारको संख्या र आवश्यकता हेरेर तत्कालको समस्या समाधान हुने गरी केही सहयोग गरेको जनाइन् ।

आफूले चालेको अभियानमा सहयोग गर्ने श्याम श्रेष्ठ, कमल सिटौला, सञ्जय कक्षपति, गोपाल महर्जन, छेवाँग लामा, सुरतजंग मल्ललाई विशेष धन्यवाद दिएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...