काठमाडौंका १९१ जना पत्रकारको गरियो स्वाब संकलन, यस्तो देखियो स्वाब संकलनका दृष्य

Pcr fnj

काठमाडौं । देशभर कोरोना संक्रमण बढ्दै जाँदा नेपाल पत्रकार महासंघले आफ्ना सदस्यहरुलाई धमाधम स्वास्थ्य परिक्षण गराउन थालेको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र रहेका सदस्यहरुलाई स्वास्थ्य परिक्षण गराएको छ ।

महासंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा पनि स्वाब परिक्षण गराइरहेको छ । हालसम्म नेपालमा ४ जना पत्रकारहरु कोरोना संक्रमण देखिएको छ ।

दैनिक रिपोर्टिङमा खटिने पत्रकारहरुका लागि स्वास्थ्य परिक्षण गरिरहेको र बाँकी रहेका सञ्चार नेपाल पत्रकार महासंघद्धारा कोभिड १९ मा पत्रकारहरुको स्वास्थ्य उपचार व्यवस्थापन समितिका संयोजक गोवन्द चौलागाइँले बताए ।  

यसैक्रममा महासंघको केन्द्रीय समितिको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा आज महासंघमा केन्द्रीय कार्यालयमा अग्र मोर्चामा खटिएर काम गरिरहेका नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगर, सचिवद्धय प्रकाश थापा र लक्ष्मी पुन, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रिय सदस्यहरु गोविन्द चौलागाई, गोपाल बराइली, जन्मदेव जैसी, लक्ष्मण कार्की, माधव चौलागाई, टेकराज थामी, श्याम भट्टसहित १ सय ९१ जना सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड –१९) परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।

सो क्रममा स्वाब संकलनका लागि खटिएका स्वास्थ्यकर्मीहरुलाई नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हालको अवस्थामा जोखिम मोलेर सेवा दिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सेवा दिने कर्मचारीप्रति हार्दिक धन्यबाद व्यक्त गरे । उनले कोरोना संक्रमणको जोखिम मोलेर सूचना संकलनमा अग्रस्थानमा खटिएका पत्रकारहरुको नतिजा नेगेटिभ आउने आशा व्यक्त गरे ।

मेडिकल ल्याब एसोसियसन अफ नेपाल (मेलानका) अध्यक्ष राजेन्द्र खड्काले कोरोना भाईरस नेपालमा समेत भित्रिसकेको अवस्थामा प्रयोगशालामा कामगर्ने जनशक्तिका लागि अति नै संवेदनशिल रहेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

मेलानका संस्थापक अध्यक्ष कृष्णप्रसाद रिजालले स्वस्थ्य प्रयोगशालामा काम गर्ने जनशक्ति न्यून रहेको भन्दै सरकारले सहि तरिकाले प्ररिचालन गर्नेपर्ने बताए । उनले निजि क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई समेत सरकारले कोरोना भाइरस संक्रमण रोक्नका लागि परिचालन गर्नुपर्ने बताए ।

तस्विर : सुरज गौतम/निशान न्युज

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...