झापामा ९ र सुनसरीमा २ जना कोरोना संक्रमित थपिए

Corona

झापा । झापामा ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण भेटिएका छन् झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा.संगीता मिश्राले जानकारी दिइन् । ९ जना संक्रमितका झापाको केचनकवल गाउँपालिकाका हुन् उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।

झापा एक युवकमा सोमबार कोरोना पुष्टि भएपछि संक्रमित युवकको टोलका ३३ जनाको परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले सोमबार राति १ बजे परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएका जानकारी दिए । योसँगै सुनसरीमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ । प्राप्त रिपोर्ट अनुसार उदयपुरका ३३, झापाका १२, मोरङ ३, सुनसरीका ३, भोजपुर १, धनकुटा १, खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिँदै आएको छ । त्यहाँ राखिएका १७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश १ मा १३ हजार हाराहारीमा परीक्षण गरिएको छ ।

ती मध्ये ३ हजार १ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आरडीटी विधिबाट ९ हजार ४ सय ७३ जनाको परीक्षण भएको प्रदेश १ मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । प्रदेश १ मा तीन ठाउँबाट पीसीआर परीक्षण भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...