फुललाई पनि लाग्दो हो, फुलेर पनि काम भएन... (फोटो फिचर)

Ful sory

काठमाडौं । विश्व यतिवेला कोरोना भाइरसको महामारीको कारण त्राहीमाम छ । विश्व नै अहिले लकडाउनको अवस्थामा छ । कोरोनाको असर नेपालमा पनि परेको छ । लकडाउनका कारण काठमाडौं सुनसान जस्तै छ । सडक र गल्लीहरु अनकन्टार गोरेटो बनेका छन् ।

ठीक यही बेला काठमाडौंका मुख्य सडक किनारमा रंगीचंगी फुलहरु फुलेका छन् । यो बेला अर्थात् जाडोको बिदाइपछि बोट बिरूवाले फेर्ने पालुवा, प्रकृतिको हरियाली रूप, पारिलो घाम र अनेक रंगका फूलहरूको फक्राइले मन त चंगाजस्तै हुन्छ नै, पृथ्वी नै इन्द्रेणीहरूको संयोजनजस्तो देखिइन्छ ।

अर्थात् शिशिर र गृष्म ऋतुको बीचमा आउने वसन्त ऋतुलाई यौवन र आशाको प्रतिक मानिन्छ । मनमोहिनी यो ऋतुमा उजाड वनपाखा हरिया हुन थाल्छन्, अनेकानेक फूलहरू उन्मक्त फक्रन्छन्, पृथ्वी र जलको थोरै सिञ्चन पाएका बोटविरूवाका हाँगाहरूमा प्रकृतिको प्राण भरिइन्छ ।

यही वसन्तबहारले यतिखेर काठमाडौंलाई पनि मनमोहक बनाइदिएको छ । हिउँदभरी कठ्यांग्र्रिएर र मानिसहरूको अतिक्रमणमा परेर थोरै सजीवता मात्रै बाँकी रहेका वनस्पतिहरू पलाएर फक्रिका छन् । फूलका बिरूवाहरू त रङ्गीन घुम्टोभित्र लजाइरहेकी बेहुलीजस्तै देखिइन्छन् ।

काठमाडौंस्थित रत्नपार्क आसपासमा फुलेका फुलहरुले मानिसलाई मोहित बनाइरहेको छ । तिनकुनेदेखि विमानस्थलसम्मको सडकलाई फुलेका फुलहरुले निकै कौशलता देखाएर सिंगारिदिएको छ ।

तर विडम्बना, गत चैत ११ गतेदेखि जारी लकडाउन यी फुलको सुगन्ध मानिसले सुघ्न पाएका छैनन् । सडकभरी फुल फुलेका छन्, यही फुलमा सेल्फी खिच्नेहरु छैनन् । फुल शीरमा लगाउनेहरु छैनन् ।

फुल फुलेर सडक किनारमा खस्न थालेका छन् । तर, शीरमा लाएर रमाउनेहरु छैनन् । सायद यो ऋतु फुलका लागि अभिसाप बनेको छ । फुललाई पनि लाग्दो हो, फुलेर पनि काम भएन । लाग्दो यो साल त बेकारमा फुलिएछ ।

तस्बिरहरु : सुरज गौतम/निशान न्युज

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...