आफैले छोरीलाई बलात्कार गर्दा बनाएको भिडियो श्रीमतीको हातमा परेपछि...

काठमाडौँ । आफ्नै छोरीलाई धम्काएर बलात्कार गरेको भिडियो श्रीमतीको हातमा परेपछि बाबुको कर्कुत बाहिर आएको छ । सोच्दा पनि पाप लाग्ने यो घटना पश्चिम नेपालको कञ्चनपुरमा घटेको हो । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–१ बन्धताल टोलका ३९ वर्षीया कालु नेपालीले एक बर्षदेखि आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गर्दै आएको खुलेको छ ।

रोजगारीको शिलशिलामा भारतमा रहेका उनी आफ्नो सासुआमा बिरामी भएपछि उनलाई भेट्न भनी घर आएका थिए । कालुले भारत जानु भन्दा अधिल्लो दिन छोरीलाई धम्काएर बलात्कार गरेको भिडियो बनाएका थिए । कान्छी छोरीले मोबाइलमा खिचिएको आफ्नो फोट हेर्न खोज्दा त्यो भिडियो फेला पारेकी थिइन् । दिदिलाई बलात्कार गरेको भिडियो देखेपछि कान्छी छोरीले आमालाई देखाएकी थिइन् ।

आमाले भिडियो हेरिसकेपछि श्रीमानलाई बोलाएर यो भिडियो के हो ? भनेर सोध्दा उनले यो ईन्र्टनेटबाट आएको भन्दै श्रीमतीको हातबाट मोबाइल खोसेर लगत्तै भिडियो डिलिट गरेका थिए । पिडित बालिकाका अनुसर कालुले छोरीलाई एक वर्षदेखि बलात्कार गर्दै आएको बताएकी छन् । आफुलाई यौनसम्पर्क राख्न नदिए तेरो आमालाई नि मार्दिन्छु अनी आफु पनि मर्छु भन्दै आफुलाई धम्काएको पिडित बालिकाले प्रहरी समक्ष बताएकी छन् ।

करिब राती १० बजेतिर आफुलाई धम्काएर बलात्कार गरेको भिडियो बनाएको पिडित बालिकाले बताइन् । जहिलेपनि आरोपित कालुले छोरीलाई धम्काएर बलात्कार गर्ने गरेको खुलेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायव निरीक्षक भुपाल सिह थापाले बताए ।

पिडित बालिकाकी आमाका अनुसार जहिले पनि छोरीसँगै सुत्ने गर्थे,मैले कहिले पनि त्यस्तो गलत सोचिन् ।अब छोरी जवान भैसकी मैले नसुत्नु भन्दा मेरो छोरा हो छोरी हैन म त्यस्तो गलत गदिन भनेर उल्टै झगडा गर्ने गरेको बताइन् । कालु नेपालीलाई पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...