खुसीको खबर : बन्यो कोरोना भाइरसविरुद्धको खोप, गरियो परीक्षण सफल

1589852053khop

काठमाडौँ । अमेरिकामा मान्छेमा गरिएको पहिलो चरणको कोरोना भाइरस विरुद्धको खोप परीक्षण सफल भएको छ । तर, उक्त खोप थप परीक्षणपछि बजारमा आउन आगामी वर्षको जनवरी अर्थात पुस/माघसम्म कुर्नुपर्ने भएको छ ।

यो खोप नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको हो । मोडेर्नाले सोमबार साँझ खोपसम्बन्धि जानकारी अनुसार एमआरएनए–१२७३ खोप परीक्षण गरिएका स्वयंसेवकहरुमा आशा गरिएभन्दा बढी रोग प्रतिरोधी क्षमता बढेको पाइएको छ । शरीरमा यसका नकारात्मक असर पनि कम मात्र देखिएको छ ।

कम्पनीका अनुसार खोप लगाइएकाहरुमा रोग प्रतिरोधी क्षमता कोरोना भाइरससँग लड्ने क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ । मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टीफन बैसेलले तत्काल योभन्दा उत्तम नतीजाको आशा गर्न नसकिने बताएका छन् ।

कम्पनीका प्रमुख मेडिकल अफिसर डा. ताल ज्याक्सले थप परीक्षणपछि मात्र खोप बजारमा आउन सक्ने बताएका छन् । पहिलो चरणको परीक्षण सफल भएको भन्दै उनले आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार मोडेर्ना कोरोना भाइरस विरुद्धको खोप मान्छेमा परीक्षण गरिरहेका विश्वका आठ मध्येको एक कम्पनी हो । अन्य दुई कम्पनी फिजर र इनोभियो पनि अमेरिकामा नै परीक्षण गरिरहेका छन् ।

मोडेर्नाले आठ जनामा दर्जनभन्दा बढी पटक यो खोप परीक्षण गरेको थियो । सबै जनामा भाइरसलाई निस्क्रिय गर्ने क्षमता यसअघि संक्रमित भएर निको भएका बिरामीमा झैँ बढेको थियो । उनीहरु सहित १८ देखि ५५ वर्षसम्मका कूल ४५ जना स्वस्थ मान्छेमा गरिएको सबै परीक्षण सकारात्मक आएको छ ।

यो खोप परीक्षणमा सहभागी नभएका खोप विज्ञहरुले पनि यसलाई ठूलो उपलब्धि भएको बताएका छन् । खोप परीक्षण सफल भएको खबरसँगै अमेरिकी शेयरबजारमा मोडेर्नानाको शेयर ३० प्रतिशतले बढेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...