एकैसाथ ६० जना इनिस्पेक्टरको बढुवा, को–को परे बढुवामा ?

Nepal police logo

काठमाडौंं । नेपाल प्रहरीमा एकैपटक ६० जना प्रहरी निरिक्षक (इनिस्पेक्टर) को बढुवा भएको छ । रिक्त रहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) पदमा प्रतिष्पर्धीहरुमध्ये ६० जना इनिस्पेक्टर डिएसपीमा बढुवा भएका हुन् ।

प्रहरी मुख्यालयमा बढुवाको सिफारीस गर्न बसेको बोर्ड बैठकले ६० जनालाई डिएसपीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा समितिको अध्यक्ष प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सदस्यमा गृहमन्त्रालयका सहसचिव रामप्रसाद आचार्य र सदस्य सचिवमा एआईजी शैलेश थापा रहेका छन् ।

विभागीय टोलीवाट इन्सपेक्टर पृथ्वीनारायण ओली एक नम्बरमा डिएसपी बढुवाका लागि सिफारीस भएका छन् । त्यसपछि क्रमशः केदारराज पन्त, जयराम कुईंकेल, कविन्द्रकुमार कार्की, पंचकुमार बाखु, नविनराज बुढाथोकी बढुवामा सिफारीस भएका छन् । ०६७ को ब्याचबाट एक नम्बरमा संजिवबावु खड्का बढुवा भएका छन् ।

समितिको निर्णय अनुसार डिएसपीमा बढुवा हुनेहरु निम्न छन् :

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...