उपत्यकाका विभिन्न १० ठाउँमा सिल, कुन कुन ठाउँमा गरियो त ? सुचीसहित

Sadak 1

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि काठमाडौं उपत्यकाका विभिन्न १० ठाउँमा सिल गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालको प्रसुती गृहको आंशिक भाग, टिचिङकै न्यूरो वार्ड, बौद्ध क्षेत्रको कपन राधाकृष्ण मन्दिर क्षेत्र, चन्द्रागिरी नगरपालिका, बालाजु चोक, कालिमाटीका– १३ आसपासको ३ सय मिटर क्षेत्र सिल गरिएको छ ।

ललितपुरको पुल्चोक निदान अस्पताल, भक्तपुरका शंखधर चोक आपपास, दुवाकोटको संक्रमितको घरवारपर, पाण्डु बजार, सल्लाघारी क्षेत्रमा पनि सिल गरिएको छ ।

सिल नगरिएका ठाउँमा पनि स्थानीयले भित्रि सडकमा तारबार लगाएर आवतजावत बन्द गराएका छन् । मुख्य सडकमात्र होइन भित्री गल्लीहरूमा पनि मानिसहरूको आवातजावत कम भएको छ ।

कतिले आफ्नो टोलको गल्लीमा तारबार नै लगाएका छन् । काठमाडौं र पाटनका गल्लीहरूमा विभिन्न सूचनाहरू टाँसेर बाटो रोकिएको छ । त्रिवि शिक्षण अस्पतालमा प्रसुती गराएर फर्किएकी सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको कोरोना संक्रमणबाट ज्यान गरेपछि त्यस क्षेत्रमा थप कडाइ गरिएको छ ।

उपत्यकामा कोरोनाको संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सामग्रीबाहेक अन्यलाई आवजावतमा रोक लगाएको थियो भने काठमाडौंका गल्लीमा हिँड्ने मानिसहरू समेतलाई पक्राउ गर्ने आदेश प्रहरीलाई दिएको थियो ।


महानगरीय प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलका अनुसार उपत्यकामा उच्च जोखिम बढेपछि कोरोना संक्रमित भएका क्षेत्रहरूमा उच्च सर्तकता अपनाउँदै कडा गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...