जेठ २० गतेसम्म थपियो लकडाउन

Cabinet miting

काठमाडौं । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । नेपालमा काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपछि सरकारले पनि लकडाउन बढाउने निर्णय गरेकाे हाे ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो ।

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भइसकेकाे छ भने २ सय ९२ जना संक्रमित छन् । ३६ जना भने निकाे भएर घर फर्किसकेका छन् ।

 

प्रतिकृया दिनुहोस