धनकुटा जिल्ला अस्पतालकी एक नर्ससहित तीन जनामा कोरोना पुष्टि

1586848470coronavirus news scientists is

धनकुटा । आइतबार थप तीन जना कोरोना संक्रमिमध्ये एक जना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ ।

धनकुटा जिल्ला अस्पतालमा कायरत स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएपछि धनकुटामा त्रास फैलिएको छ । उनी हालसम्मै कार्यरत रहेकाले अरुलाई पनि सरेको हुनसक्ने आशंकामा स्थानीय भयभित बनेको स्थानीयले बताएका छन् ।

बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन् । उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन् । प्रदेश १ मा ३९ संक्रमितमध्ये १७ निको भएका छन् ।

योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ९५ भएको छ । ३६ जना उपचारपछि निको भएका छन् भने दुई जनाको ज्यान गएको छ । योसँगै देशभर संक्रमितको संख्या २९५ पुगेको छ । यीमध्ये ३६ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस