धनकुटा र मोरङमा देखियो संक्रमण, संक्रमितको संख्या २९४ पुग्यो

Corona nurse

विराटनगर । पहिलो पटक धनकुटामा कोरोना संक्रमित भेटिएको छ । आज ३ जनामा संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या २ सय ९४ पुगेको छ ।

आइतबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणअनुसार धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना पुष्टि भएको बताईएको छ ।

प्रदेश १ मा निको हुनेको जम्मा संख्या १७ रहेको छ । आइतबार गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको हो । यस अघि उदयपुर, झापा, भोजपुर र मोरङमा कोरोना संक्रमित देखिएका थिए भने आइतबार नयाँ जिल्ला धनकुटा पनि थपिएको छ ।

प्रदेश १ मा कोरोना भाइरस पुष्टि भएकाको जम्मा संख्या ३९ पुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...