लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा, मन्त्रिपरिषदमा लैजाने तयारी

Naksaq

काठमाडौं । सरकारले लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा जारी गर्ने तयारी गरेको छ। सरकारले आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने उल्लेख गरेको थियो।

नीति तथा कार्यक्रममा समेटिएकाले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्सा मन्त्रिपरिषदमा लैजाने तयारी गरेको मन्त्रालय स्रोतले सेतोपाटीलाई बतायो।

 

नक्सा तयार भइसकेको छ। यसलाई कहिले लैजाने भन्ने मात्रै कुरा हो, मन्त्रालय स्रोतले भन्यो, मन्त्रीज्युले छिट्टै यो प्रस्ताव लैजानुहुन्छ होला ।

आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ। आजकै बैठकबाट नयाँ नक्सा जारी गर्ने निर्णय हुन्छ कि हुन्न भन्ने एकिन छैन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...