पृतनापतिलाई संक्रमण पुष्टि भएपछि पूरै ब्यारेक सिल, कन्टाक्ट ट्रेसिङको काम सुरु

Corona aarmi

काठमाडौं । नेपाली सेनाको मध्य पृतनाका पृतनापतिलालई कोरोना संक्रमण पुष्टि भएपछि पुरै ब्यारेक सिल गरिएको छ । सेनाको पृतनापतिमै कोरोनाको संक्रमणपछि ब्यारेकभित्र रहेका सेनामा त्रासको स्थिति छ ।

पृतनापति सहायकरथीमा कोरोना देखिएपछि उनी उपचारका लागि शनिबार नै काठमाडौं आइपुगेका छन् । उनको सशस्त्र प्रहरीको कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाका पृतनापति (जर्नेल) मै कोरोना संक्रमण देखिएपछि लगभग २ हजार सेना रहेको सो पृतनालाई सिल गरिएको हो ।

पृतनापतिसँगै सोही ब्यारेकका एक चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको थियो । सो ब्यारेकमा गण, गुल्म, सिग्नल गण, मेडिकल गण, बिद्यालय गण लगायत पृतना लगाएर दुई हजारको संख्यामा सेना छन् । त्यहाँ सेनाहरुमा संक्रमण बढ्न नदिन सेनाहरुलाई आवत जावतमा रोक लगाइनुका साथै सामाजिक दुरी कायम राख्नका लागि भनिएको छ ।

दुवै जना प्रदेश दुईको विभिन्न स्थानमा गएर स्वाब संकलन गर्दै आइरहेका थिए । पृतनापति र चिकित्सक जनकपुरधाम, वीरजञ्ज लगायतको स्थानमा स्वाब संकलनका लागि पुगेको छ । अहिले कन्टाक्ट ट्रेसिङको काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...