कोरोनाको अवस्था हेरेर प्रतिवेदन दिन्छौं : खड्का

Dipak khadka

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसले पारेको प्रभाव र यसबाट पुगेको आर्थिक क्षतिबारे मूल्यांकन गर्न लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति गठन गरेको छ ।

गत बैशाख १७ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका सांसद तथा उद्यमी विनोद चौधरीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरेको छ । समितिका सदस्य तथा पूर्वमन्त्री दीपक खड्काले कोरोनाको प्रकोपका कारण उद्योग व्यवसायसँगै समग्र अर्थतन्त्रमा पारेको प्रभावको मूल्यांकन गर्दै आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा अध्ययन गरिने बताए । उनका अनुसार समितिले तयार पारेको प्रतिवेदन पार्टीका बुझाइने छ र पार्टीले सोही अनुसारका कार्यक्रम ल्याउने छ ।

खानेपानी तथा सरसफाई पूर्व राज्यमन्त्री खड्काले कोरोनाको कारण नेपालको अर्थतन्त्र संकटमा परेकाले आगामी दिनमा आउने चुनौती विश्लेषण गरी त्यसबाट कसरी मुक्ति दिलाउन सकिन्छ भन्ने किसिमका कार्यक्रम ल्याउन सुझाव दिने बताए । समितिले तत्कालीन र दीर्घकालीन समस्याको समाधानका लागि पहल गर्ने छ ।

समितिमा बागमति प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्र बानिया, प्रतिनिधिसभाका सांसदहरु उमेश श्रेष्ठ, सूर्यबहादुर केसी, मोहन आचार्यका साथै उद्यम र व्यवसायका क्षेत्रमा लागेका पार्टीका विभिन्न तहमा बसेर काम गर्दै गरेका व्यक्तिहरु सदस्य रहेका छन् । समितिमा जम्मा २१ जना रहने छन्, बाँकी सदस्य पछि चयन गरिने पार्टीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...