कपिलवस्तुको चन्द्रौटामा भेटियो ३ जना संक्रमित, पुग्यो २७६ जना

Corona update

काठमाडौं । शनिबार कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमित भएको पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टअनुसार शनिबार कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा विहान ३ जना नयाँ संक्रमित भेटिएका हुन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

बिहान मात्रै राष्ट्रिय प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा बर्दियाको नार्खुका २८ वर्षीय महिला, सिरहा सखुवाका ३० वर्षीय पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगरका १८ वर्षीय महिला र चितवनको गढौलीका २५ वर्षीय महिलाका कोरोना संक्रमणको पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...