कोरोनाको कहरमै सरकारले ल्यायो फुल रोप्नेदेखि विमानस्थल बनाउनेसम्मका योजना (पूर्ण विवरणसहित)

Bidhya bhandari 2 2

काठमाडौं । रोनाको कहरकै बीचमा सरकाले आज आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । कोरोना संक्रमणका कारण थला परेको अवस्थामा देशलाई गरिवीबाट मुक्त गर्नै कार्यक्रम पनि सरकारले ल्याएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कुनै पनि नेपाली गरिबीका कारण खान नपाउने अवस्था अन्त्य गर्ने उल्लेख गरिएको छ । राष्ट्रपति भण्डारीले भनिन्, ‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । यो सरकारको प्रतिबद्धता हो ।’

नेपाललाई कोरोना भाइरसको महामारी मुक्त देश बनाउने पहिलो प्राथमिकतामा राखिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुआती पुँजी उपलब्ध गराउने, आगामी आर्थिक वर्षमा वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने, पूर्वापश्चिम रेलमार्गको काँकडभिट्टा–ईनरुवा खण्डको निर्माणको पनि काम प्रारम्भ गर्ने लगायतका योजना ल्यायएको छ ।

त्यसैगरी आगामी आर्थिक वर्षमा बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बिस्तार गर्ने, आगामी आर्थिक वर्षमा नै भारतको सिलिगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलिय पाइपलाइनको निर्माण प्रक्रिया अगाडि बढाइने, चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थ भण्डारणको निर्माण कार्य पनि अघि बढाइने भएको छ ।

सरकारले खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गर्ने, कोभिड–१९ को कारण पर्यटन क्षेत्रमा परेको प्रभावको अध्ययन गरी पुनरुत्थानको कार्यक्रम गर्ने, पर्यटकिय क्षेत्रमा रहेका होटल तथा रिसोर्टका पूर्वाधार विकासमा पनि प्रोत्साहिन गर्ने नीति सरकारले लिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलाई पुर्णरुपमा बुटीक विमानस्थालको रुपमा रुपान्तरण गरिने भएको छ ।

यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरि सञ्चालनको पूर्व तयारी गर्ने तथा निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रारम्भ गर्ने विषयलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सरकारले तेह्रथुमको चुहानडाँडा र काभ्रेपलाञ्चोकको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण गर्ने भएको छ । सरकारले हवाई उड्डयन क्षेत्रमा सेवा र नियामक क्षेत्रका रुपमा छुट्टाछुट्टै निकायको स्थापना गरि कार्यान्वयनमा ल्याउने भएको छ ।


नेपाल सरकारकाे प्रस्तुत गरेकाे नीति तथा कार्यक्रमकाे पूर्णपाठः–

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...