बेलुका थपियो ९ जना संक्रमित, नेपालमा पुग्यो २६७ जना

प्रदेश मुख्यमन्त्री पोख्रेलको गृह जिल्ला दाङमा एकैदिन भेटियो ५ जना

Corona update

काठमाडौं । शुक्रबार साझ बिहान ८ बजे नेपालमा ९ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । योसहित नेपालमा कुल संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टअनुसार साँझ नेपालमा ९ जना थप संक्रमित भेटिएका हुन् । राष्ट्रिय प्रयोगशाला काठमाडौं, भेरी अञ्चल अस्पलात नेपालगञ्ज र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा काठमाडौं सतुंगलका ७ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज पहिलो पटक प्रदेश नं. ५ को दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको गृह जिल्ला पनि हो । दाङको गडवामा ४ र ५ वर्षीय बालकमा कारोना संक्रमण पुष्टि भएको छ भने तुलसीपुरमा २३, ३४ र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पर्साको वीरगञ्जमा ९ र १० वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

नेपालमा कोरोनाको संक्रमण २४ जिल्लामा फैलिएको छ । प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का सात जिल्ला, बागमती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका २ जिल्लामा यसको संक्रमण देखिएको छ । यस्तै प्रदेश पाँचका ६ जिल्ला र सुदूरपश्चिमका दुई जिल्लामा यसको संक्रमण देखिएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...