बिहानै थपिए ९ जना कोरोना संक्रमित, नेपालमा २५८ पुग्यो

Corona update

काठमाडौं । शुक्रबार बिहान ८ बजे नेपालमा ९ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । योसहित नेपालमा कुल संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टअनुसार अहिले बिहान नेपालमा ९ जना थप संक्रमित भेटिएका हुन् । काठमाडौंसहित थप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मकवानपुर र बाँकेमा ९ जना संक्रमित रहेको पुष्टि भएको हो ।

राष्ट्रिय प्रयोगशाला काठमाडाैमा गरिएकाे परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुष रहेका छन् ।

नेपालमा कोरोनाकाे संक्रमण २३ जिल्लामा फैलिएकाे छ। प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का सात जिल्ला, बागमती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका २ जिल्लामा यसकाे संक्रमण देखिएकाे छ । यस्तै प्रदेश पाँचका पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्लामा यसकाे संक्रमण देखिएकाे हाे ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिकृया दिनुहोस