आज मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने

Mausm news

काठमाडौं । आज पूर्वी र मध्य भू–भागहरु तथा पश्चिमी पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

अहिले देशभर पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको मध्य तथा पूर्वी भू–भाग र पश्चिमी पहाडी भु–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली र पश्चिमी पहाडी भु–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशको पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भु–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

पूर्वी भू–भाग तथा मध्य र पश्चिमी पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...