आकाशमा एक्कासी हवाइजहाज हल्लिँदा ३५ जना घाइते

आकाशमा एक्कासी हवाइजहाज हल्लिँदा ३५ जना घाइते

वाशिङटन । एयर क्यानडाको एउटा फ्लाइटमा आकाशको वायुका गम्भीर धक्काका कारण ३५ जना घाइते भएका छन् ।  २८४ जना यात्रु रहेको सो विमान क्यानडाको भ्यान्कुभरबाट सिड्नीतर्फ उड्दै थियो । तर, आकाशमार्गमा देखिएको समस्याका कारण अमेरिकाको हवाइतर्फ लगेर होनोलुलु विमानस्थलमा स्थानीय समयअनुसार बिहीबार ६ः४६ बजे ९नेपाली समय अनुसार गएराति १०ः३१ बजे० अवतरण गराइएको थियो । 

बोइङ्ग ७७७—२०० जेट विमान अचानक उड्डयनको प्राविधिक भाषामा भन्दा ‘क्लियर एयर टर्बुलेन्स९क्याट०’को समस्यामा परेको थियो । विमान कम्पनीले होनोलुलुमा यात्रुहरुका लागि होटलको व्यवस्था गरिएको जनाएको छ ।  यात्रुहरुका अनुसार क्याटका कारण धक्का दिँदा उडिरहेको विमानका यात्रुहरु विमानको माथिल्लो भागमा ठक्कर खाएका थिए । 

क्याट शान्त वायुमण्डलमा नै कहिलेकाहीँ हुने बताइएको छ । आकाश खुला भएको अवस्थामा पनि  देखिने  गर्दैन । विभिन्न हावाको झोंका आफ्नै गतिमा आकाशमा हिंडिरहने र जब ती विभिन्न गतिका हावाको वायुमण्डलमा भेट हुन्छ त्यो बेलामा ‘क्याट’ सिर्जना हुने जनाइएको छ ।

सोही क्याटले नै विमानमा असर गरेको हो ।  त्यसलाई नांगो आँखाले पनि देख्न नसकिने बताइएको छ । सो घटनाले यात्रुहरु एकदमै स्तब्ध भएको सोही विमानका एक यात्रुले बताएका छन् । एक यात्रुले भने अनुसार उनीभन्दा अगाडिका अर्का यात्रु व्यागेज राख्ने विमानको माथिल्लो भागसम्म पुगेर ठोक्किदै फेरि सिटमा आएर बस्दै गरिरहेका थिए भने बीबीसीले यो समाचार प्रकाशित गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवा आयोगको अत्यन्त जरुरी सुचना

काठमाडौँ । लोक सेवा आयोगले सुचना जारी गर्दै लिखित परिक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे...