लकडाउन कडाई गर्न जिल्लाभित्रै पनि सवारी चलाउन प्रतिबन्ध लगाउने तयारी

Lockdown jam ktm

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाई गर्दै गएको छ । प्रधानमन्त्रीको निर्देशन लगत्तै सरकारले लकडाउन झन कडा गर्ने नीति बनाएको छ ।

म‌गलबार एकैदिन ५७ र बुधबार एकै दिन २६ जना कोरोना भाइरसका संक्रमित भेटिएको थियो । यसरी कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले जेठ बिहीबारदेखि लकडाउनमा कडाई गरिरहेको छ ।

अब गृह मन्त्रालयले एक जिल्लाबाट अर्काे जिल्ला रोक्नका लागि सबै प्रकारका पासहरु बन्द गरिसकेको छ भने लकडाउनलाई कडा बनाउन थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । यो शनिबारबाट लागू हुनेछ । यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ ।

सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको अधिकारीहरू बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...