कोरियामा न्यूतनम ज्याला २.९ प्रतिशतले वृद्वि

काठमाडौँ । दक्षिण कोरिया कोरियामा आगामी वर्ष सन् २०२० का लागि न्यूतनम ज्याला २ दशमलव ९ प्रतिशतले वृद्वि भएको छ । गएराति सेजुङमा बसेको तलब निर्धारण समितिको १२औं बैठकले यसअघिको न्यूनतम ज्यालामा प्रति घण्टा २ सय ४० वन वृद्वि गर्दै ८ हजार ५ सय ९० पुर्याउने  निर्णय गरेको हो ।

यस अघि सन् २०१८ का लागि कोरियामा न्यूनतम ज्याला प्रतिघण्टा ८ हजार ३ सय ५० वन रहेको थियो । अब आगामी जनवरीदेखि यहाँ कार्यरत मजदुरले दैनिक ८ घण्टा काम गरेवापत प्रति महिना १७ लाख ९५ हजार ३ सय १० वन ९ १ लाख ६५ हजार रुपैयाँ० पाउनेछन् ।

यसअघि यहाँ क्रियाशील मजदुर संगठनहरूले न्यूनतम ज्याला प्रति घण्टा १० हजार वन हुनुपर्ने माग राख्दै आएका थिए । आगामी वर्षका लागि ज्याला वृद्वि गर्न नसकिने रोजगारदाताका प्रतिनिधिको अडानका कारण यसअघि बसेका तलब निर्धारण समितिका ११ ओटा बैठक असफल बनेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...