आलुमा टुसा उम्रिन थालेपछि बाजुराका कृषक चिन्तित

Aalu 2

बाजुरा । लकडाउनले गर्दा किसानले आलु बिक्री गर्न नपाएपछि किसानकै घरमा टुसा उम्रिन थालेको छ । बिक्रीका लागि राखिएका आलु लकडाउनका कारण बिक्री हुन पाएको छैन ।

बाजुराको बुढिनन्दा नगरपालिका वडा नं ४ कुरुमा लकडाउनको कारण किसानले आलु बिक्रि गर्न बजार नपाएपछि घरमै टुसा उम्रिन थालेको छ ।

यहाँका किसानले बाजुराको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको कोल्टि बजारसम्म बिहानै जाने र आलु बिक्री गरेर साँझ घर फर्किदा दाल, चाम, तेल, नुन र लुगाफाटो ल्याउन गर्थे । तर लकडाउनका कारण सबै बजार बन्द हुँदा किसान बजारसम्म पुग्न पाएका छैनन् ।

यहाँका किसानले आलु बेचेर ५ लाख भन्दा बढी आम्दानी गर्ने गर्छन् । तर यो वर्ष उत्पादन भएका आलु बिक्री गर्नसक्ने अवस्था छैन । आलु बिक्री नहुँदा आफ्नो परिवार नै पाल्न समस्या हुन लागेको स्थानीय किसान धनबहादुर रोकायाले बताए ।

आलु बिक्री गरेर गाउँका धेरै जसो किसानहरु परिवारको भोको पेट भर्ने र नाङ्गो शरीर ढाक्ने गरेका छन् । यहाँका किसानहरुको मुख्य नगदे वादी नै आलु हो । ‘आलु बिक्री गर्न जाउ भने कोल्टि बजार बन्द छ’ अर्का किसान रामबहादुर रोकायाले भने, ‘एक गाउँबाट अर्को गाउँ जान नपाएपछि घरमै आलु खेर गइरहेको छ । बिक्री हुने आस नहुँदा भोकमरी लाग्ला जस्तो भइसक्यो ।’

पाण्डुसैन, कुरु, नुरि, भुलेना, बढ्डाला, चोलु लगायतका किसानहरु बिक्रीका लागि राखिएको आलुमा टुसा उम्रिन थालेपछि चिन्तित बनेका छन् । गत चैत ११ गतेदेखि जारी लकडाउन कहिले खुल्छ भन्ने टुंगो नहुँदा यहाँका किसानमा थप चिन्ता बढेको छ । लकडाउन नखुल्दा परिवार कसरी पाल्ने चिन्ता किसानलाई थपिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...