प्रचण्ड भन्छन्, अब शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने धोको छ

काठमाडौं । सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र भित्रभित्रै खटपट चलिरहेका बेला सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने लक्ष्य रहेको बताएका छन् । 

विप्लव समुहका मेची–कोशी ब्यूरो इन्चार्ज एक दर्जन नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै अब नयाँ परिस्थितिको आवश्यकता अनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडेल दिने नेतृत्वको सपना भएको बताए ।

‘कम्युनिष्ट पार्टीको झण्डामुनी रहेका साथीहरुलाई केन्द्रित गर्नुपर्छ र एउटै बलियो केन्द्र बनाउनुपर्छ अनि मात्रै सामाजिक रुपान्तरण, विकास र समृद्धि तिर देशलाई लैजान सकिन्छ’ उनले भने ‘हामी विभाजित हुँदा प्रतिक्रियावादीले फाइदा उठाउने हो । हामी एकजुट हुँदा नै हामी बलियो हुने हो ।’ 

अध्यक्ष दाहालले बाँकी रहेका सबै कम्युनिष्ट पार्टी र समुहहरु एक जुट भई महान् उद्देश्य पुरा गर्न लाग्नुपर्ने बताए । ‘जो जहाँ ब्यूँझियो, त्यहिँबाट उठेर हिँड्ने हो’ उनले भने, ‘सबै ब्यूँझाउँछु भन्न थाल्दा सम्भव नहुदो रहेछ ।’ उनले कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान गरेका बरिष्ठ नेताहरुलाई पनि नेकपामा आउन आव्हान गरे । 

पार्टी प्रवेश कार्यक्रममा नेता तथा कार्यकर्ताको नेतृत्व गरेका मेचीकोशी ब्यूरो सदस्य तथा झापा ब्यूरो इन्चार्ज सौगात आचार्यले आफूहरुले हतियार नै उठाएर मात्र समाजवाद आउँछ भन्ने कुरा आफूहरुलाई नलागेको बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

यौनसम्पर्क गरेपछि पैसा नदिँदा यौनकर्मीले ट्रक चालकको लिङ्ग काटिदिइन्

Sex

काठमाडौँ । चालकले राजमार्गमा ट्रक रोक्छन् । यौनकर्मीलाई चढाउँछन् । दुवैबीच सम्पर्क हुन्छ । चालकसँ...