खुलेको २ दिनमै अनिश्चितकालका लागि बन्द भयो शेयर बजार

Dhitopatra board

काठमाडौं । खुलेको दुई दिनपछि सेयर बजार आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

लगानीकर्तालाई पासको व्यवस्था गरेर एक तिहाइ कर्मचारीबाट कारोबार सञ्चालन गरे पनि भिडभाड बढेपछि बन्द गर्न बोर्डले निर्देशन दिएको हो । सेयर बजार दुई दिन सञ्‍चालन हुँदा बजार करिब ५० अंकले ओर्लिएर १२०१ अंकमा पुगेको थियो ।

कोरोना भाइरसका कारण करिब डेढ महिनाअघि बन्द भएको सेयर बजार मंगलबार र बुधबार सञ्चालनमा आएपछि बोर्डले अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि सेयर कारोबार बन्द गर्न निर्देशन दिएको थियो । सर्किट ब्रेकको व्यवस्थालाई २ प्रतिशतमा झारेर कारोबार गर्दा पनि दुबै दिन बजारमा नेगेटिभ सर्किट लागेको थियो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले उपत्यका मै कोरोना संक्रमित थपिएपछि लकडाउन कडा पारिएकाले बजार बन्द गर्ने निर्णय गरिएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...