मन्त्रालयले सच्यायो संक्रमितको संख्या, हालसम्म २४५ मात्रै भएको स्पष्टिकरण

Corona test

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ७ः४५ बजे गरेको कारोना संक्रमणको अध्यावधिक विवरण सच्याएको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले आज बिहान पाँच जना नयाँ संक्रमित थपिएको भनेर विवरण दिएका थिए । तर, बिहीबार बिहान १०ः१५ मा जारी विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको उल्लेख गरिएको छ ।

यस सन्दर्भमा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले विवरणमा त्रुटी हुन सक्ने तर अहिले बुझेर मात्र केही भन्न सकिने प्रतिक्रिया दिएका थिए । तर पछि पुनः अर्को विज्ञप्तिमार्फत मन्त्रालयले गल्ति सच्याएको हो ।

धनुषा, महोत्तरी र सर्लाहीमा ५ जना संक्रमित पाइएको पुष्टि बैशाख ३१ गते मंगलबार १०ः१५ बजे नै मन्त्रालयले गरेको अध्यावधिक विवरणमा उल्लेख थियो ।

मन्त्रालयले मंगलबार जिल्ला र उमेर मात्रै कोड गरेर विज्ञप्ती निकालेको थियो । पछिल्लो विवरणअनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...