गोरखामा आजदेखि ५ दिनका लागि गरियो सिल

Gorkha bazar

गोरखा । गोरखा आजदेखि सिल भएको छ । कोरोना विपद व्यवस्थापन केन्द्र जिल्ला स्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समितिको बैठकले बिहीबारदेखि पाँच दिन गोरखा जिल्ला सिल गर्ने निर्णय गरेको थियो ।

देशभर तीब्र गतिमा बढिरहेको कोरोना संक्रमण फैलन नदिन भन्दै आवागमन तथा ढुवानीका साधन रोक्ने निर्णय गरेको सूचना अधिकारी हर्क रोकाले जानकारी दिए ।

खाद्यान्न, तरकारी, पशुपंक्षी, दाना, औषधी तथा माछामासुका पसल बाहेकका अन्य पसलहरु खुल्न नदिने सो बैठकले निर्णय गरेको छ । बैठकले सम्भावित खाद्य संकट हुन नदिन र विकास निर्माणको कामलाई अघि बढाउन बाँझो जग्गा तथा जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

अस्पतालबाट रिफर भएको बिरामी, घाइते, किरियापुत्री, मलामी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, वडाअध्यक्ष वा सोभन्दा माथिल्लो तहका जनप्रतिनिधि वा उनका सवारी साधन बाहेकका सबै सवारी साधन जिल्लाभित्र, बाहिर आवतजावत पूर्ण रुपमा बन्द भएका छन् ।

आजदेखि पाँच दिनका लागि खाद्यान्न, निर्माण सामग्री लगायतका ढुवानीको काम पनि ठप्प पारिएको छ । बैंक, वित्तीय संस्था, बिमा तथा सहकारीका काउण्टरहरु बन्द गरिएका छन् । सो बैठकले बैंकहरुलाई इबैंकिङ सिस्टममार्फत काम गर्न प्रोत्साहन गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...